काठमाडौं । नेकपा एकीकृत समाजवादीले आइतबारसम्ममा सरकारमा सहभागिताको विषयमा निर्णय गर्न भएको छ । सो पार्टीको शनिबारबाट सुरु भएको स्थायी कमिटीको बैठकले सरकारमा सहभागिता विषयमा निर्णय गर्ने भएको छ ।
ुअहिलेसम्म सरकारको बारेमा हाम्रो नीति भनेको पर्ख र हेर नभन्नेमा छ, समसामयिक राजनीतिक विषयमा अध्यक्ष र सम्मानित नेताले बोल्नु भयो । अन्य सदस्यहरुले बल्ल बोल्न सुरु गर्नु भएको छ, स्थायी कमिटीका सदस्य भविश्वर पराजुलीले भने, आजै बेलुका वा भोलिसम्म बिहान यस विषयमा औपचारिक निर्णय गर्नेछौं ।
कांग्रेसको नेतृत्वमा रहेको गठबन्धन भत्केपछि नेकपा एमाले र नकपा माओवादी केन्द्रसहितका दलहरुको नयाँ गठबन्धन निर्माण भएको छ । गठबन्धन निर्माण गर्ने निर्णयमा आफूलाई संलग्न नगराएको भन्दै एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल असन्तुष्ट रहँदै आएका थिए ।
स्थायी कमिटीका सदस्य पराजुलीले बैठकमा एमालेसँग एकता हुने विषयमा छलफल नभएको बताए । अहिले अवस्थामा कुनै राजनीतिक दलसँग एकता हुँदैन, पराजुलीले भने ।
बैठकको सुरुवात गर्दे अध्यक्ष माधवकुमार नेपाल समयमा निर्णय गर्न नसक्दा गठबन्धन भत्किएको बताएका छन् । यसअघि पनि नेपालले कांग्रेस र सभापति शेरबहादुर देउवाले समयमा निर्णय गर्न नसक्दा गठबन्धन भत्किएको बताएका थिए ।