Hamro Sanchar

भ्रष्टाचार र हत्या अभियोग खेपिरहेका महतो र गुरुङ्ले पनि लिए शपथ

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ पुष, ७ गते


Advertisement

काठमाडौं । बिहीवार दिउँसो नयाँ बानेश्वरस्थित सांसद भवनमा नवनिर्वाचित सांसदहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । केही संसद बाहेक सबै सांसदहरुले शपथ लिएका हुन् ।

विवाद र मुद्दा खेपिरहेका संसदहरुले पनि शपथ लिएका छन् । यसरी शपथ लिनेमा नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङ् र एमालेका लक्ष्मी महतो कोइरी रहेका छन् । गुरुङ मनाङबाट निर्वाचित सांसद हुन् ।

गुरुङले अहिले पनि भ्रष्टचार मुद्दा खेपिरहेका छन् । विषेश अदालतमा उनको फाइल छ । यता महोत्तरी १ बाट निर्वाचित एमालेका लक्ष्मी महतो हत्या अभियोगमा फरार रहेका व्यक्ति हुन् । सशस्त्र प्रहरीका असई थमन बिकलाई हत्या गरेको अभियोग महतोमाथि लागेको छ । महतो महोत्तरी क्षेत्र नम्बर १ मा नेकपा एमालेबाट विजयी भएका थिए ।


प्रतिकृया दिनुहोस्