Hamro Sanchar

प्रतिनिधिसभाका सांसदहरूको शपथ पुस ७ गते दिउँसो १ बजे हुने

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ पुष, ४ गते


Advertisement

काठमाडौँ । संघीय संसद् सचिवालयले आगामी पुस ७ गते शपथ गराउने तयारी गरेको छ। संघीय संसद् सचिवालयका प्रवक्ता डा। रोजनाथ पाण्डेका अनुसार पुस ७ गते शपथ गराउनेगरी तयारी गरिएको हो । गत ४ मंसिरमा सम्पन्न भएको प्रतिनिधिसभा २ सय ७५ सांसदलाई बानेश्वरस्थित हलमा सपथको तयारी भइरहेको हो।

राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस १० गतेभित्र प्रधानमन्त्रीका लागि दाबी पेश गर्न सात दिनको समय दिएर आह्वान गरिसकेका छन्। हाल नवनिर्वाचित सदस्यमध्ये चित्रबहादुर केसी, महन्थ ठाकुर, महेन्द्रप्रसाद यादव र पशुपति शमशेर जबराको उमेर यकिन गर्नुपर्ने देखिएको छ।

कुनै सदस्यले मातृभाषामा शपथ लिन चाहेमा शपथको तीनदिनअघि शपथ पत्रमा उल्लेख हुने विवरण तत् तत् भाषामा उल्था गरी त्यससम्बन्धी जानकारी संसद् सचिवालयलाई दिनुपर्नेछ। सचिवालय प्राप्त तथ्याङ्कअनुसार, प्रतिनिधिसभा सदस्य २०७४ को निर्वाचनपछि करिब ४६ सदस्यले नेपालीबाहेकका ११ मातृभाषामा शपथ लिएका थिए।

उनीहरुले मैथिली, थारु, भोजपुरी, मगर, हिन्दी, अवधि, नेपालभाषा, बञ्जिका, नेवारी, उर्दू, तामाङ भाषामा सपथ लिएका थिए। शपथ दिलाउने दिन हालसम्म यकिन भइनसके पनि आगामी पाँच दिनभित्रै त्यो समारोह नयाँ बानेश्वरस्थित संसद् भवनमा हुनेछ।


प्रतिकृया दिनुहोस्