Hamro Sanchar

चुनावबारे समीक्षा गर्न माओवादी पदाधिकारी बैठक बस्दै

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ मंसिर, १७ गते


Advertisement

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समीक्षा गर्न नेकपा ९माओवादी केन्द्र०को पदाधिकारी बैठक बस्दैछ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज अपराह्न ३ बजे बैठक बस्ने केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिनुभयो ।

बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्राप्त परिणाम तथा आगामी रणनीतिका बारेमा छलफल हुने उहाँले बताउनुभयो । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम अन्तिम चरणमा छ ।


प्रतिकृया दिनुहोस्