Skip
आज : २०८२ कार्तिक २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

इलाम २ मा हस्ताक्षर नभएको ४० मतपत्र भेटिएपछि मतगणना स्थगित

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ मंसिर, १० गते


काठमाडौँ । इलाम-२ मा मतगणना स्थगित भएको छ। अधिकृतको हस्ताक्षर नभएको ४० मतपत्र भेटिएपछि मतगणना स्थगित भएको हो। यद्यपि, यो विषयमा निर्वाचन आयोगले भने केही प्रतिक्रिया दिएको छैन।

मतगणना स्थगित भएपछि अहिले इलामस्थित सिटीहल वरिपरिको स्थिति तनावपूर्ण बनेको छ । सो क्षेत्रमा एमाले उपाध्यक्ष सुवास नेम्वाङ र कांग्रेसका डम्बरबहादुर खड्काबीच प्रतिस्पर्धा भइरहेको छ ।

पछिल्लो मतपरिणाम अनुसार नेम्वाङले २९ हजार १३५ मत प्राप्त गरेका छन् भने खड्काले २९ हजार ५ मत प्राप्त गरेका छन् ।


प्रतिकृया दिनुहोस्