Hamro Sanchar

बाबुरामले भने : प्रकाशमानजी योग्य व्यक्ति हुनुहुन्छ, भोट दिनुस्

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ कात्तिक, २५ गते


Advertisement

काठमाडौं । नेपाल समाजवादी पार्टी नेसपाकाका अध्यक्ष डा।बाबुराम भट्टराईले संविधान कार्यान्वयन र विकासका लागि सत्ता गठबन्धनलाई मत दिन आग्रह गरेका छन् ।

काठमाडौं क्षेत्र नम्बर १ मा गठबन्धनका साझा उम्मेदवार कांग्रेस नेता प्रकाशमान सिंहलाई मत माग्ने क्रममा यस्तबे बताएका हुन् । उनले काठमाडौं क्षेत्र नम्बर १ का सन्दर्भमा सिंह योग्य र स्वच्छ छविको व्यक्ति भएको भन्दै मत दिन आग्रह गरेका छन् ।

‘अहिलेको निर्वाचन विशिष्ठ छ । सामान्य अवस्थामा दलहरुबीच प्रतिस्पर्धा हुन्छ तर, यसपटक प्रतिगमनकारी शक्तिहरुको विरुद्ध अग्रगमनकारीको लडाँइ हो । उहाँ योग्य व्यक्ति हुनुहुन्छ । स्वच्छ छविको व्यक्तित्व हुनुहुन्छ ,’ उनले भने,‘ हाम्रो गठबन्धनलाई बलियो बनाएर मात्रै संविधानको रक्षा र संस्थागत विकासको सुनिश्चितता हुन्छ ।’

त्यस्तै सिंहले पनि संविधान कार्यान्वयनका लागि म्यान्डेट दिन आग्रह गरेका छन् । उनले तीनै तहको सरकारलाई अधिकार सम्पन्न बनाएर संघीयताको महसुस हुनेगरी काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।


प्रतिकृया दिनुहोस्