Hamro Sanchar

सत्यमोहन जोशीको अन्तिम संस्कार नहुने, केमिकल प्रयोग गरेर अध्ययनका लागि राखिने

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ असोज, ३० गते


Advertisement

काठमाडौं, असोज ३०- आइतबार बिहान निधन भएका शताब्दी पुरुष सत्यमोहन जोशीको अन्तिम संस्कार नहुने भएको छ । यसअघिनै मृत्युपछि आफ्नो शरीर दान गरिसकेका जोशीको शरीर अध्ययनका लागि केमिकल प्रयोग गरेर राखिने भएको हो ।

अन्तिम संस्कार नभए पनि उनको शवलाई अन्तिम श्रद्धाञ्जली भने सर्वसाधारणले दिन पाउने छन् ।

आइतबार किष्ट अस्पतालमा परिवार, महानगर र अस्पताल प्रशासनबीच भएको छलफलपछि जोशीको शरीर नजलाउने निर्णय भएको हो।

शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि ललितपुर महानगरपालिका परिसरमा राखिने भएको छ ।

शवमा नसाबाट केमिकल राखेपछि अन्तिम श्रद्धाञ्जलीका लागि महानगरपरिसरमा राखिने निर्णय भएको अस्पतालका प्रोफेसर डाक्टर किशोर सिंह बस्नेतले जानकारी दिए ।

‘आज हामी अन्तिम श्रद्धाञ्जलीका लागि महानगर परिसरमा शरीर राख्नेछौ। त्यसपछि शरीर नगल्ने केमिकल प्रयोग गरेर उहाँको शरीर अध्ययनका लागि राख्नेछौ’, डाक्टर बस्नेतले भने,‘यसरी राखिएको शरीर अनन्तकालसम्म जस्ताको तस्तै रहनेछ ।’


प्रतिकृया दिनुहोस्