Hamro Sanchar

त्रिएक नेपाली स्वतन्त्र चर्च कुवेतले दियो जगत र जेमलाई यस्तो चेतावनी (बिज्ञप्तिसहित)

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ असोज, २५ गते


काठमाडौं, असोज २५- त्रिएक नेपाली स्वतन्त्र चर्च कुवेतले जगत बहादुर राना मगर र जेम बहादुर थापालाई अनावश्यक बखेदा नझिक्न र त्रिएक नेपाली स्वतन्त्र चर्चको जग्गा आफुले ताेकेको मान्छेको नाममा वारेसनामा दिन चेतावनी दिएको छ ।

त्रिएकले एक प्रेस विज्ञप्ति निकाल्दै जगत बहादुर राना मगरले दासी भनिने श्रीमती शान्ता गुरुङ र जेम बहादुर थापासंग मिलेर चर्च स्थापनाका लागि जग्गा खरिद गर्दा घोटाला गरेको भन्दै यस्तो चेतावनी दिएको हो ।

उक्त जग्गा चर्चको नाममा ल्याउन चर्चले तोकेको व्यक्तिलाई फिर्ता गर्न भनेको बिषयलाई तोडमोड गरेर जगत रानामानगरले जग्गा व्यक्तिगत बनाउन खोजेको भन्दै झुट्टा कपोकल्पित आरोप लगाएर भ्रम फैलाउन खोजेको त्रिएक नेपाली स्वतन्त्र चर्च कुवेतले जनाएको छ ।

बिज्ञप्तिमा भनिएको छ- ‘तीन जना वा चार जना मान्छेको नाममा हुने बित्तिकै संस्था सङ्ठन, समाज, क्लब इत्यादिको हुन्छ भनेर प्रमाणित गर्ने हैसियत जगत, दासी र जेम थापा वा अरु कोहि जन्मेको छ ? होइन भने दस (१०)जना ब्याक्तिको नाममा भए पनि जग्गा त ती दस जना कै नाममा हुन्छ, कि कुनै संस्था सङ्ठन, समाज, क्लब हुदैन ?’  ‘तसर्थ जेम बहादुर थापा जगत बहादुर राना मगरलाई अनावश्यक बखेदा नझिक्न र त्रिएक नेपाली स्वतन्त्र चर्चको जग्गा त्रिएकले ताेकेको मान्छेको नाममा वारेसनामा दिन चर्च आग्रह गर्दछ साथै चर्चको आग्रहलाइ नमानेको खण्डमा चर्चले जस्तोसुकै कदम चाल्न पनि बाध्य हुनेछ ।’

सिनै नेपाली चर्च फेलोशिपका पास्टर जगत बहादुर राना मगरले दासी गुरुङ भनेर चिनिने श्रीमती शान्ता गुरुङ र त्रिएक नेपाली स्वतन्त्र चर्च कुवेतका निवर्तमान डिकन हाल न्यु भिजन नेपाली मण्डली कुवेतका एल्डर याकुब भनेर चिनिने जेम बहादुर थापासँग मिलेर नेपालमा चर्च स्थापना गर्न जग्गा खरिद गर्दा ६ लाखमा खरिद गरिएको जग्गालाई १५ लाख परेको भनी ९ लाख आर्थिक हिनामिना गरेको त्रिएक नेपाली स्वतन्त्र चर्च कुवेतले विज्ञप्ति मार्फत जानकारी गराएको थियो ।

उक्त बिषय बाहिरिएपछि जगत बहादुर राना मगरले आफ्नो बचाउमा अनावश्यक समाचार लेखाएको भन्दै त्रिएक नेपाली स्वतन्त्र चर्च कुवेतले एक विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको हो ।

त्रिएक नेपाली स्वतन्त्र चर्चका पास्टरले जगत बहादुर र जेम बहादुर थापासङ्ग सौहार्दपूर्ण तरिकाले कुरा गर्दा उल्टै जेम बहादुरले अपशब्द  प्रयोग गरेको समेत बिज्ञप्तिमा उल्लेख छ ।

‘जुन सामुहिक जग्गा भनिएको छ, त्यो जग्गा अहिले जगत बहदुर राना मगर, जेम बहादुर थापा र कल्पना थापा यी तीन जना ब्याक्तिको नाम रहेको छ। यो चर्चको जग्गा हो । तसर्थ चर्चको जग्गा चर्चकै नाममा नै  हुनुपर्छ भन्ने उद्देश्यले त्रिएक नेपाली स्वतन्त्र चर्चले जग्गा बेच्ने निधो गरेर त्रिएक नेपाली स्वतन्त्र चर्चकै जिम्मेवार मान्छे कल्पना थापा चर्चमै रहेको र जगत बहादुर राना मगर, जेम बहादुर थापा अहिले त्रिएक नेपाली स्वतन्त्र चर्चको सदस्य समेत नभएको कारण कल्पना थापालाई नेपाल पठाएर जग्गा बेच्नको लागि वारेसनामा  कागज बनाएर पठाउन चर्चले  लगाएको  हो।’ बिज्ञप्तिमा भनिएको छ ।


प्रतिकृया दिनुहोस्