काठमाडौं, असोज ३- देशभर आज (साेमबार) ८ औं संविधान दिवसका अवसरमा विविध कार्यक्रम गरी मनाइँदैछ ।
२०७२ साल असोज ३ गते संविधानसभाबाट नयाँ संविधान जारी भएको दिनको सम्झनामा साेमबार देशभर यो दिवस मनाइएकाे हाे । उक्त संविधानले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रमा परिणत गरेको थियो । नयाँ संविधान अनुसार मुलुकमा दुई वटा स्थानीय निर्वाचन सम्पन्न भईसकेका छन् भने प्रतिनिधिसभा र प्रदेशसभाले पहिलो कार्यकाल पूरा गरेका छन् ।
प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो कार्यकालका लागि निर्वाचन हुने तयारी सुरु भईसकेको छ । यस बीचमा संविधानका केही बुँदाहरु संशोधन गरिएको छ । तर नागरिकता विधेयकलगायत केही मुलभूत विषयहरुमा भने दलहरुबीच सहमति नहुँदा अन्याेलको अवस्थामा पनि रहेको छ ।