Hamro Sanchar

काठमाडौं फनपार्कलाई महानगरको २४ घन्टे अल्टिमेटम, दियो बन्द गरिदिने चेतावनी

प्रकाशित : २०७९ भदौ, १५ गते


Advertisement

काठमाडौं, भदौ १५- काठमाडौं महानगरपालिकाले भृकुटीमण्डपस्थित काठमाडौं फनपार्कलाई २४ घण्टा भित्र कर तिर्न निर्देशन दिएको छ । महानगरले बुधबार पत्र पठाउँदै २४ घन्टाभित्र कर बुझाउन निर्देशन दिएको हो ।

व्यवसाय सञ्चालन गरेर वर्षौंदेखि कर नतिरेको भन्दै काठमाडौं महानगरपालिकाले काठमाडौं फनपार्कलाई कर नबुझाएपछि जरिवानासहित तिर्न २४ घन्टे अल्टिमेटम दिएको नगरपालिकाले जनाएको छ ।

समाज कल्याण परिषद्‍को जग्गा भाडामा लिएर वर्षौंदेखि व्यवसाय गर्दै आएको फनपार्कले महानगरपालिकालाई तिर्न र बुझाउनुपर्ने कर तिरेको छैन ।

‘व्यवसायी कर र वहाल कर सम्बन्धी वडा कार्यालयमा र विज्ञापन कर तथा मनोरञ्झन कर  महानगरपालिकाका राजश्व विभाग बबरमहलमा गइ पत्र प्राप्त भएको मितिले २४ घन्टाभित्र सम्पूर्ण बाँकी रकम र सोको लाग्ने जरिवाना समेत दाखिला गर्न हुन अनुरोध छ,’ महानगरको पत्रमा भनिएको छ।

तोकिएको समयभित्र नबुझाएमा फनपार्क शिलबन्दी समेत गर्ने चेतावनी महानगरले दिएको छ ।


प्रतिकृया दिनुहोस्