काठमाडौं, भदौ १३- राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकबारे छलफल गर्न प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का नेताहरूलाई शितल निवासमा बोलाएकी छन् ।
राष्ट्रपति कार्यालयका अनुसार साँझ पाँच बजे एमाले शीर्ष नेताहरूलाई शितल निवास बोलाएकी हुन् ।
यसअघि आजै दिउँसो २ बजे राष्ट्रपति भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित नेताहरूसँग छलफल गरेकी थिइन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकलगायत विषयमा विभिन्न पार्टीका नेताहरू तथा संविधानविदलगायतसँग यसअघि पनि कुराकानी गरेकी थिइन् ।
नागरिकता विधेयक राष्ट्रिय सभाले विधायन समितिमा छलफलका लागि पठाएको छ ।