Hamro Sanchar

माइक्रो बस त्रिशुली नदीमा खस्यो, के छ अवस्था ?

प्रकाशित : २०७९ साउन, १६ गते


चितवन, साउन १६- चितवनको नारायणगढ–मुग्लिन सडक खण्ड अन्तरगत भरतपुर–२९, स्थित भोर्लेमा माइक्रो बस दुर्घटना भएको छ ।

दुर्घटनामा १७ जना घाइते भएको चितवन प्रहरीले जनाएको छ । आज दिउँसो करिब ४ बजेको समयमा नारायणगढबाट धादिङतर्फ जाँदै गरेको बा ३ ख ८५८८ नम्बरको रिजर्भ माइक्रोबस आफै अनियन्त्रित भई सडकबाट २० मिटर तल त्रिशुली नदी किनारमा खसेको थियो ।

दुर्घटनामा घाइतेहरुको अहिले चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते मध्ये केहीको अवस्था गम्भिर रहेको बताइएको छ ।

घाइतेहरु धादिङस्थित एक बैंकको कर्मचारी रहेको बताईएको छ ।


प्रतिकृया दिनुहोस्