Skip
आज : २०८२ कार्तिक २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

पुष्पलालवाट दिक्षित भएर नेकपा एस निर्माण गरेका हौं : माधव नेपाल

प्रकाशित : २०७९ साउन, ७ गते


काठमाडौं, साउन ७- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठवाट दीक्षित भएर नेकपा एमालेवाट बिद्रोह गरेको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीको संस्थापक महासचिव पुष्पलालको ४४औं स्मृति दिवसको अवसरमा श्रद्धाञ्जली दिन कीर्तिपुरको चम्पादेवी पुगेका नेपालले पुष्पलालको शिक्षा दीक्षाबाट दीक्षित भएर नेकपा एकीकृत समाजवादी पार्टी निमार्ण गरेको पनि बताएका छन् । नेकपा एमालेवाट बिद्रोह गरी नेकपा एस निमार्ण गरेर नेपालको कम्युनिष्ट आन्दोलनको इतिहासमा एउटा नयाँ कीर्तिमान कायम गरेकोसमेत अध्यक्ष नेपालको भनाई छ ।

‘कमरेड पुष्पलालको शिक्षा र दीक्षाबाट दीक्षित भएका हामीले नेकपा एमालेवाट बिद्रोह गरेर नेकपा एकीकृत समाजवादी पार्टीजस्तो क्रान्तिकारी पार्टी निर्माण गरेका छौं। नयाँ निमार्ण भएको पार्टीको नेपाल कम्युनिष्ट आन्दोलनमा यसको छुटै अस्तित्व रहेको छ।’

नयाँ पार्टी निमार्ण पछि नेतृत्वको काँधमा अनेक चुनौतिहरु भए पनि आत्तिनुपर्ने अवस्था नभएको भन्दै संगठन निमार्णलाई बलियो बनाउनु पर्ने नेपालले जनाएका छन् ।


प्रतिकृया दिनुहोस्