काठमाडौं, साउन २- दोलखाको मेलूङ गाउँपालिका-१ पवटीका बिष्णु थापाले काठमाडौंको पशुपतिनाथ मन्दिर देखि दोलखाको भीमेश्वर मन्दिरसम्म पैदल यात्रा सुरु गरेका छन् ।
दोलखाका पर्यटकीय स्थलहरुको पहिचान गराउने उदेश्यसहित देशमा शान्तिको कामना र अनिष्ट नहोस् भन्दै उनले पैदल यात्रा सुरु गरेका हुन् ।
थापाले आइतबार(आज) देखि पशुपतिनाथ मन्दिरबाट पैदल सुरु गरेका हुन् । उनले पशुपतिको जल भीमेश्वरको शिलामा चढाउने बताए । आजबाट सुरु भएको यात्रा ४ दिनसम्म पुरा हुने उनको बिश्वास छ ।
उनलाई वडाअध्यक्ष इश्वर कोइरालालगायत युवाहरु पशुपति नाथ मन्दिर परिसरमा पुगेर यात्रा सफलताको कामना गरेका थिए ।
थापाले २०७० साल पुस ५ गते भीमेश्वरको शिलामा पसिना आँउदा देशमा अनिस्ट हुन्छ भन्ने भनाईलाई मध्यनजर गर्दै अनिष्ट नहोस, शान्ती छावस् भन्दै पशुपतिदेखी भीमेश्वर मन्दिरसम्म बस चलाएर पशुपतिको जल भीमेश्वरको शिलामा चढाएका थिए ।