
काठमाडौं, असार ३०- नेकपा एमालेले उपसभामुखमा लोसपालाई सघाउने भएको छ । नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले लोसपाले उम्मेदवार बनाउने भनेकाले उनीहरुको उम्मेदवारलाई सघाउने बताए ।
‘लोसपाले चन्दा चौधरीलाई उम्मेदवार बनाउने भनेको छ । उनीहरुको संसदीय दलको बैठक जारी छ । निर्णय आइसकेको छैन’, नेम्वाङले भने, ‘लोसपाले उम्मेदवार उठाएन भने एमालेले उठाउँछ, नत्र उहाँहरुलाई नै समर्थन रहन्छ ।’
लोसपा बाहेक अन्य दलले आफ्नो दलसँग सहयोग नमागेको भन्दै त्यसै सघाउन जान नसकिने नेम्वाङको भनाइ छ ।

















