काठमाडौं, असार २२- अर्थमन्त्री जनार्दन शर्मामाथि छानविन गर्न संसदीय छानविन समिति गठन भएको छ ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बजेट निर्माणमा अनाधिकृत संलग्न गराउने अर्थमन्त्री जनार्दन शर्माको राजीनामा र उनीमाथिको संसदीय छानविन सँगसँगै गराउन माग गरेको थियो सो माग अनुसार १ सदस्यीय छानबिन समिति गठन भएको हो ।
समितिमा नेकपा एमालेबाट ४ जना सदस्य रहने भएका छन् । त्यस्तै नेपाली कांग्रेस र माओवादी केन्द्रबाट दुई दुई जना रहनेछन् ।
जसपा, नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीबाट एक एक जना रहने छन् ।
दलहरुले समिति सदस्य तोकेपछि सभामुखले सभामा प्रस्तुत गर्ने सहमति भएको छ ।