Hamro Sanchar

रामेछाप दुर्घटना : मृत्यु हुनेको संख्या १३ पुग्यो, १२ जनाको सनाखत (नामावलीसहित)

प्रकाशित : २०७९ असार, २१ गते


काठमाडौं, असार २१- रामेछापमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ जना पुगेको छ । ९ जनाको घटनास्थल र ४ जनाको उपचारका क्रममा काभ्रेको धुलीखेल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको ।

खाँडादेवी गाउँपालिका-१ स्थित लुभुघाटमा मंगलबार बिहान १० बजे बस दुर्घटना भएको थियो । बा ३ ख ८३९६ नम्बरको बस दुर्घटनामा परेको हो । बस सडकबाट अन्दाजी ४० मिटर तल खसेको थियो ।

प्रहरीकाअनुसार १२ जनाको सनाखत भइसकेको छ । एक जनाको सनाखत गर्ने प्रयास भइरहेको छ ।

मृत्यु हुनेमा रामेछाप सुनापति गाउँपालिका-५ बस्ने ६० वर्षीय ठूला तामाङ, ३६ वर्षीय खड्कबहादुर विक, वडा नम्बर ४ बस्ने २६ वर्षीया समरिता तामाङ, काभ्रे रोशी गाउँपालिका-४ २५ वर्षीय कमल तामाङ, पाँचखाल नगरपालिकाका १८ वर्षीय सुदीप गजमेर, सुनापाति-५ की २२ वर्षीया विपना तामाङ र मण्डनदेउपुर नगरपालिका-९ की ६० वर्षीया शुभलक्ष्मी मानन्धर छन् ।

यस्तै, सुनापाति-५ कै ३६ वर्षीया सञ्जु आलेमगर र पाँचखालका ४० वर्षीय कुलबहादुर विकको पनि मृत्यु भएको छ । उनीहरूको घटनास्थलमै मृत्यु भएको हो ।

त्यस्तै, धुलिखेल अस्पतालमा सुनापाति-५ का ३५ वर्षीय रामबहादुर श्रेष्ठ, २५ वर्षीय बुद्ध तामाङ र ६० वर्षीय नेमा तामाङको मृत्यु भएको हो । एक जनाको भने सनाखत हुन बाँकी छ ।

प्रहरीका अनुसार हाल धुलीखेल अस्पतालमा २१ जनाको उपचार भइरहेको छ । यस्तै ३ जनालाई प्रभु हेलिकप्टरबाट उपचारका लागि काठमाडौं ल्याइएको छ । बस ब्रेकफेल भएर दुर्घटनामा परेको प्रारम्भिक अनुमान गरिएको छ ।


प्रतिकृया दिनुहोस्