पाँचथर, असार १९- पाँचथरमा पहिरोले एक घर बगाउँदा बेपत्ता भएका दुई जनाको शव भेटिएको छ । जिल्लाको फालेलुङ गाउँपालिका–७ विहीदिनमा शुक्रबार राति घरमाथिबाट पहिरो आउँदा तीन जना बेपत्ता भएका थिए ।
पहिरोमा बेपत्ता भएका फालेलुङ गाउँपालिका–७ का ३८ वर्षीया गोमा मगर र १९ वर्षीया एलिसा मगरको शव आइतबार भेटिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ ।
पहिरोले घर बगाउँदा फालेलुङ–७ विहीदिनका ४२ वर्षीय रुपलाल मगरको परिवारका तीन जना बेपत्ता भएका थिए । गोमा रुपलालकी श्रीमती हुन् भने एलिसा भतिजी हुन् ।
पहिरोमा पुरिएका रुपलालको शव भने शनिबार विहान ८ बजे फेला परेको थियो ।