Hamro Sanchar

अन्ततः राजीनामा दिँदै मुख्यमन्त्री पाण्डे

प्रकाशित : २०७९ असार, १८ गते


काठमाडौं, असार १- प्रदेश मुख्यमन्त्री फेर्ने प्रसंगमा असहमत देखिएका बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे एका-एक सरकारको नेतृत्व छाड्न सकारात्मक देखिएका छन् ।

बागमती प्रदेशमा एकीकृत समाजवादी सरकारको नेतृत्व छाड्न सकारात्मक देखिनुको कारण सत्तागठबन्धनमै रहेका माओवादी केन्द्र र नेपाली काँग्रेसले आफ्ना सांसद्हरुको हस्ताक्षर संकलनको तयारी गर्नु पनि हो ।

माओवादी र काँग्रेसले हस्ताक्षर संकलन तयारी गरेपछि दबाबमा परेका मुख्यमन्त्री पाण्डे नेतृत्व छोड्न सकारात्मक देखिएका हुन् ।

उनले आज संसदीय दलको बैठक बोलाएर राजीनामा दिने तयारी गरेका छन् । यो खबर आजको राजधानीदैनिकमा प्रकाशित छ ।


प्रतिकृया दिनुहोस्