पाल्पा, असार १७- बगनासकाली ८ बराङ्दी पाल्पाका सुशिल बस्याल “राष्ट्रप्रेमी”ले बराङ्दीमा एक घर एक लालीगुराँस अभियान सञ्चालन गरेका छन् ।
बराङ्दीमा एक घर एक लालीगुराँस अभियान सञ्चालन गरेर बराङ्दी वडालाई नमुना वडा बनाउनको लागी पहल गरेको बस्यालले बताए । उनले आफ्नो घरमा श्री सिद्दबाबा मन्दिर बराङ्दी घिउसिबास, श्री महामृत्युञ्जय शिवासन धाम, बराङ्दी आयुर्बेद औषधालय, श्री बेद माध्यमिक बिद्यालय, कालीगण्डकी बोर्डिङ, बराङ्दीको वडा कार्यलय र बेलौतिखरक टोलभरि लालीगुराँसको बिरुवा रोपेर अभियानको सुरुवात गरेका छन् ।
वडामा निबेदन दिदैँ बस्यालले वडा कार्यालय अगाडि लगाएको लालीगुराँसले जनप्रतिनिधि, कर्मचारीहरुलाई यो अभियानलाई अगाडि बढाउन ध्यानाकर्षण हुने बताए ।
यो अभियान अत्यन्तै राम्रो भएको र यस्ता अभियानले गाउँ समाजको बिकास हुने बराङ्दी-८ का वडा सदस्य कृष्ण बस्याल बताउछँन् ।
श्री सिद्दबाबा मन्दिरका पुजारी हुमराज गैरे, शिवासन धामका महासचिव कृष्ण बस्याल, धामका पुजारी लालप्रसाद पन्थी, बराङ्दी आयुर्बेद औषधालय प्रमुख सिर्जना के. सी, बेद माध्यमिक बिद्यालयका प्रध्यानाध्यापक ठानेश्वर भटराई, कालीगन्डकी बोर्डिंग स्कुलका प्रध्यानाध्यापक गणेश बस्याल, बराङ्दी स्वास्थचौकीका स्वास्थकर्मी गोमबहादुर क्षेत्रीले अभियानलाई सफलताको शुभकामना दिदैँ यस्ता कामले समाजको सकरात्मक परिवर्तन हुने र समाजलाई दिर्घकालीन फाईदा गर्ने बताए ।
बस्याल विभिन्न सामाजिक संघसस्थामा आबद्ध छन् । उनी सामाजिक काममा सक्रिय देखिन्छन् । उनले दुई महिना अगाडि राष्ट्रप्रेमी गीत बिमोचन गरेका थिए । उक्त गीतमा उनी सामाजिक कार्यमा सक्रिय भएको भुमिकामा देखिएका थिए । उनले गीतमा काम नगर्ने, कुभलो सोच्ने र सामाजिक एकताभन्दा बाहिर काम गर्नेलाई ”हरामी” उपनाम दिएका थिए ।