Hamro Sanchar

ओमप्रकाश पुनसहित चार नेताले विप्लवको साथ छाडे, गरे यस्तो घोषणा

प्रकाशित : २०७९ असार, ९ गते


Advertisement

काठमाडौं, असार ९- ओमप्रकाश पुनसहित चार नेताले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी छाडेका छन् ।

पूर्व पोलिटब्यूरो सदस्य तथा महाकाली इन्चार्ज ओमप्रका पुन, पूर्वसभासद शंकरबहादुर खड्का, नवौं महाधिवेशन आयोजक कमिटी सदस्य दलबहादुर धामी र दार्चुला तथा कञ्चनपुरका पूर्वइन्चार्ज रमेश परियारले उक्त पार्टी छाडेका हुन् ।

उनीहरूले माओवादी धारालाई एकिकृत र ध्रुवीकृत गर्ने व्यक्तिगत र सामुहिक पहलमा अघि बढ्न पार्टी छाडेको राजीनामा पत्रमा उल्लेख गरेका छन् ।


प्रतिकृया दिनुहोस्