काठमाडौं, असार ७- रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले संवैधानिक समाजवादको नीति अंगाल्ने भएको छ ।
मंगलबार निर्वाचन आयोगमा दल दर्ताको निवेदन पेश गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफूहरूको पार्टीले संवैधानिका समाजवादको नीति अंगाल्ने बताए ।
पार्टीको सभापति आफू रहने जानकारी दिँदै उनले अन्य सदस्यका नाम भने खुलाउन चाहेनन् । निर्वाचन आयोगले दल दर्ताको प्रमाणपत्र दिएपछि आफूहरू चुनावी अभियानमा लाग्ने उनले बताए ।
सभापति लामिछानेले देशभर घुमेर पार्टीलाई नै जिताउन लागिपर्ने बताए । उनले पार्टीले निर्वाचन लड्दा सुरुमै प्रधानमन्त्री र मन्त्रीहरूको नाम सार्वजनिक गरेर निर्वाचन जाने जानकारी दिए ।