Skip

Hamro Sanchar

पेरुमा सैन्य हेलिकप्टर दुर्घटना, ८ सैनिकको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ मंसिर, १२ गते


Advertisement

१२ मंसिर, काठमाडौं । पेरुको दुर्गम क्षेत्रमा सेनाको हेलिकप्टर दुर्घटना हुँदा आठ सैनिकको मृत्यु भएको छ। दुर्घटनामा हेलिकप्टरका पाइलट भने बाँच्न सफल भएका छन्।

बीबीसीका अनुसार हेलिकप्टर बिहीबार राति बेपत्ता भएको थियो। सैनिक उद्धार अभियानमा खटिएको हेलिकप्टर सानाबाम्बा सहरनजिकै दुर्घटनाग्रस्त भएको हो।

पेरुको रक्षा मन्त्रालयले हेलिकप्टर र त्यसमा सवार नौ सैनिक फेला परेको जनाएको छ। दुर्घटनाको कारण भने खुल्न सकेको छैन।

उक्त क्षेत्र लागुऔषध उत्पादन तथा ओसारपसारका लागि परिचित छ। त्यहाँ आपराधिक गिरोह र पूर्वविद्रोही समूहको समेत सक्रियता रहेको बताइएको छ।


प्रतिकृया दिनुहोस्