काठमाडौं । अमेरिकाको मध्यपश्चिमी र उत्तरपूर्वी क्षेत्रमा आएको भीषण आँधी, भारी वर्षा र हावाहुरीले जनजीवन प्रभावित बनाएको छ ।
प्रतिकूल मौसमका कारण करिब १० लाख घरमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ भने सयौँ हवाई उडान रद्द भएका छन् ।
थ्यांक्सगिभिङ पर्वका बेला आएको खराब मौसमले यात्रु र सर्वसाधारणलाई थप सास्ती दिएको छ ।
बिहीबार मात्रै अमेरिकाभित्रका ४०० भन्दा बढी उडान रद्द भएका छन् भने २ हजार २०० भन्दा बढी उडान ढिलाइमा परेका छन् ।
पेन्सिलभेनिया, मेरिल्यान्ड र भर्जिनिया राज्यमा विद्युत् अवरोधको प्रभाव बढी देखिएको छ ।
बाढी र डुबानका कारण कतिपय सडक तथा घर प्रभावित हुँदा मानिसहरू पारिवारिक जमघटसमेत गर्न नपाउने अवस्थामा पुगेका छन् ।

























