११ मंसिर, काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित विभिन्न सहकारी संस्थाको नाममा रहेका जग्गा लिलाम बिक्री गर्ने प्रक्रिया अघि बढाएको छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको समितिले ३५ दिने गोप्य सिलबन्दी बोलपत्र आह्वान गर्दै गोरखा, चितवन, ललितपुर, सिन्धुपाल्चोक र सिन्धुलीलगायत जिल्लामा रहेका जग्गा बिक्री गर्न सूचना प्रकाशित गरेको हो।
सूचनाअनुसार विभिन्न सहकारीका नाममा रहेका जग्गा न्यूनतम मूल्य निर्धारण गरी बिक्री गर्न लागिएको छ। इच्छुक व्यक्ति, संस्था वा कम्पनीले तोकिएको समयभित्र बोलपत्र पेस गर्न सक्नेछन्।
विस्तृत विवरण समितिको वेबसाइट www.coopmc.gov.np मा उपलब्ध रहेको सूचनामा उल्लेख छ।


























