Skip

Hamro Sanchar

प्रेस स्वतन्त्रताको माग गर्दै पत्रकार महासंघले दलका कार्यालयमा धर्ना दिने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ मंसिर, १० गते


Advertisement

काठमाडौं । प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप र पत्रकारमाथि धरपकड भएको विरोधमा नेपाल पत्रकार महासंघले आन्दोलन थप चर्काउने भएको छ।

महासंघले मंसिर १३ देखि १८ गतेसम्म सत्तारुढ तथा प्रमुख विपक्षी दलका कार्यालयमा एक–एक घण्टा धर्ना दिने कार्यक्रम सार्वजनिक गरेको छ ।

कार्यक्रमअनुसार मंसिर १३ गते रास्वपा, १४ गते कांग्रेस, १५ गते एमाले, १६ गते नेकपा, १७ गते श्रम संस्कृति पार्टी र १८ गते राप्रपाको कार्यालयमा धर्ना दिइनेछ।

त्यस्तै, मंसिर २० गते काठमाडौंको माइतीघरलगायत देशभरका जिल्ला सदरमुकाममा कालो लुगा, कालोपट्टी र कालो मास्क लगाएर प्रदर्शन गरिने महासंघले जनाएको छ।

समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड, पत्रकार निष्कासन, श्रम अधिकार उल्लंघन तथा प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेपविरुद्ध महासंघ आन्दोलनमा उत्रिएको हो।

माग सम्बोधन नभए तेस्रो चरणको आन्दोलन गर्ने महासंघले चेतावनी दिएको छ।


प्रतिकृया दिनुहोस्