Skip

Hamro Sanchar

पाटन संयुक्त क्याम्पसमा आंशिक शिक्षकका लागि पुनः दरखास्त आह्वान

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ मंसिर, ९ गते


Advertisement

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गत पाटन संयुक्त क्याम्पसले विभिन्न विषयमा आंशिक शिक्षकका लागि पुनः दरखास्त आह्वान गरेको छ।

क्याम्पसले यसअघि विज्ञापनमार्फत माग पूरा नभएपछि अध्यापन गर्न इच्छुक योग्य आंशिक शिक्षकबाट पुनः आवेदन माग गरेको हो।

व्यवस्थापन, ग्रामीण विकास, भौतिकशास्त्र, वातावरण विज्ञान, जनसङ्ख्या अध्ययन, राजनीतिशास्त्र, रसायनशास्त्र, गणित, समाजशास्त्र, मानवशास्त्र, अर्थशास्त्र, वनस्पतिशास्त्र र प्राणिशास्त्र विषयमा गरी २३ जना आंशिक शिक्षक आवश्यक रहेको सूचनामा उल्लेख छ।

क्याम्पसका अनुसार व्यवस्थापनमा ४, ग्रामीण विकासमा ४, भौतिकशास्त्रमा ३, वातावरण विज्ञानमा १, जनसङ्ख्या अध्ययनमा २, राजनीतिशास्त्रमा २, रसायनशास्त्रमा २, गणितमा २, समाजशास्त्रमा २ तथा मानवशास्त्र, अर्थशास्त्र, वनस्पतिशास्त्र र प्राणिशास्त्रमा एक–एक जना शिक्षक माग गरिएको छ।

इच्छुक उम्मेदवारले मंसिर ९ देखि मंसिर १५ गतेसम्म तोकिएको दस्तुरसहित आवश्यक कागजात संलग्न गरी क्याम्पस प्रशासन शाखामा आवेदन पेस गर्नुपर्नेछ।

आवेदनका लागि शैक्षिक योग्यताको प्रमाणपत्र, नेपाली नागरिकताको प्रतिलिपि, नियुक्तिपत्रसहितको अनुभव प्रमाणपत्र, व्यक्तिगत विवरण (बायोडाटा) पासपोर्ट साइजको फोटो तथा सम्बन्धित विषयको कक्षाभार प्रमाणित कागजात पेस गर्नुपर्नेछ।

विदेशी विश्वविद्यालयबाट शैक्षिक योग्यता हासिल गरेका उम्मेदवारले समकक्षताको प्रमाणपत्रसमेत बुझाउनुपर्ने क्याम्पसले जनाएको ।

 

 

 

 

 

 


प्रतिकृया दिनुहोस्