Skip

Hamro Sanchar

आनी छोइङको नियुक्ति अदालतमा, सर्वोच्चमा बुधबार पेसी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ मंसिर, ८ गते


Advertisement

काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मालाई नियुक्त गर्ने सरकारको निर्णय कानुनी विवादमा परेको छ।

उक्त नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ।

राष्ट्रिय जेनजी नागरिक अभियानले नियुक्ति प्रक्रियामै कानुनी त्रुटि रहेको दाबी गर्दै अदालतमा चुनौती दिएको हो।

नागरिकता र सम्पत्ति शुद्धीकरणसँग जोडिएका विषय विचाराधीन रहेकै अवस्थामा नियुक्ति गरिएको भन्दै अभियानले त्यसको वैधानिकतामाथि प्रश्न उठाएको छ।

अभियानका अभियन्ता अजय सोडारीले सरकारलाई पटक–पटक सचेत गराउँदा पनि सुनुवाइ नभएपछि न्यायिक परीक्षणका लागि अदालत पुगेको बताएका छन्।

संयोजक सुनिल सिंहसहित विरजन विश्वकर्मा र सफलता बोगटीका तर्फबाट दायर निवेदनमा सार्वजनिक पदाधिकारीको नियुक्ति तथा योग्यतासम्बन्धी मापदण्ड, २०७१ अनुसार आनी छोइङको योग्यता नपुग्ने जिकिर गरिएको छ।
उक्त रिटमाथि सर्वोच्च अदालतले बुधबारका लागि पेसी तोकेको छ। मन्त्रिपरिषद्ले गत असोज ३० गते उनलाई उपाध्यक्षमा नियुक्त गरेको थियो भने उनले मंसिर २ गतेदेखि जिम्मेवारी सम्हालिसकेकी छन्।

 


प्रतिकृया दिनुहोस्