५ मंसिर, काठमाडौं । मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि कुनै दलले दाबी पेश नगरेपछि प्रदेशसभाको सबैभन्दा ठूलो दल जसपा नेपालका संसदीय दलका नेता सरोजकुमार यादव मुख्यमन्त्री नियुक्त भएका छन्।
प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले संविधानको धारा १६८ ९३० अनुसार शनिबार यादवलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।
बहुमतको सरकार गठनका लागि दिइएको समयसीमाभित्र कुनै दलले दाबी पेश नगरेपछि ठूलो दलको संसदीय दलका नेताका रूपमा यादवलाई सरकारको नेतृत्व सुम्पिएको हो।
यादवले अब नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।
यसअघि कात्तिक २८ गते तत्कालीन मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि दलहरूलाई मंसिर ४ गते शुक्रबार अपराह्न ४ बजेसम्म दाबी पेश गर्न समय दिएका थिए।
तर, निर्धारित समयभित्र कुनै दलले दाबी पेश गर्न सकेनन्।

























