४ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेलको टिकट बिक्री खुलेको केही मिनेटमै सकिएको छ।
नेपाल क्रिकेट संघ (क्यान)का अनुसार करिब २ लाख दर्शकले एकैपटक टिकट खरिद गर्न खोजेपछि माग अत्यधिक बढेको हो।
मंसिर ५ गते हुने फाइनल खेलका लागि मैदानको क्षमताभन्दा धेरै माग भएपछि सबै टिकट बिक्री भएका हुन्।
टिकट नपाएका समर्थकसँग क्यानले असुविधाप्रति क्षमायाचना गर्दै क्रिकेटप्रतिको अपार माया र उत्साहका लागि धन्यवाद दिएको छ।
साथै, टिकट लिन नसकेका समर्थकलाई अनलाइन तथा आधिकारिक प्लेटफर्ममार्फत सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग हेर्न क्यानले आग्रह गरेको छ।

























