Skip

Hamro Sanchar

आज फाइनल पुग्न सुदूरपश्चिम र चितवनबीच निर्णायक भिडन्त

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ मंसिर, ३ गते


Advertisement

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा स्थान बनाउन आज सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच दोस्रो क्वालिफायरमा भिडन्त हुँदैछ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा साँझ ५ बजेदेखि सुरु हुने खेलमा हार्ने टोली प्रतियोगिताबाट बाहिरिनेछ।

पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग पराजित सुदूरपश्चिमले फाइनल पुग्ने दोस्रो मौका पाएको छ भने इलिमिनेटरमा काठमाडौं गोर्खाजलाई हराउँदै चितवन दोस्रो क्वालिफायरमा आइपुगेको हो।

समूह चरणको भेटमा सुदूरपश्चिमले चितवनलाई ५ विकेटले हराएको थियो।

आज चितवनसँग उक्त हारको बदला लिने अवसर छ भने सुदूरपश्चिम पुरानो जितलाई निरन्तरता दिँदै फाइनल पुग्ने लक्ष्यमा छ।

आजको विजेताले फाइनलमा लुम्बिनी लायन्ससँग उपाधिका लागि भिड्नेछ। लुम्बिनी भने पहिलो क्वालिफायर जित्दै यसअघि नै फाइनलमा पुगिसकेको छ।


प्रतिकृया दिनुहोस्