२ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संस्थापक महामन्त्री मुकुल ढकाल र प्रतिनिधिसभा सदस्य निशा डाँगी विवाह बन्धनमा बाँधिने भएका छन्।
लामो समयदेखिको प्रेम सम्बन्धलाई उनीहरूले विवाहमा परिणत गर्न लागेका हुन्।
उनीहरूको विवाह आगामी मंसिर १० गते हुने तय भएको छ। विराटनगर–३, दूधफारमस्थित ढकालको घरमा विवाहका लागि कार्ड छपाइदेखि अन्य तयारी तीव्र पारिएको छ। ढकालले आज ग्रह पूजासमेत गरेका छन्।
विवाह समारोह झापाको मंगलबारेस्थित डाँगीका आफन्तको घरमा आयोजना हुने बताइएको छ।
डाँगी रास्वपाकी सहमहामन्त्रीसमेत हुन्। उनी २०७९ को निर्वाचनमा समानुपातिकतर्फबाट सांसद बनेकी थिइन्
भने गत फागुन २१ को निर्वाचनमा झापा–१ बाट प्रत्यक्ष निर्वाचित भएकी हुन्। रास्वपा स्थापना हुनुअघिदेखि नै उनीहरू प्रेम सम्बन्धमा रहेको चर्चा हुँदै आएको थियो।

























