१ मंसिर, काठमाडौं । वीरगन्जस्थित नेशनल मेडिकल कलेजका आन्दोलनरत रेजिडेन्ट डाक्टरहरू अध्ययन तथा काममा फर्किन सहमत भएका छन्।
आज शिक्षा मन्त्रालयको समन्वयमा सिंहदरबारमा कलेज व्यवस्थापन र विद्यार्थी प्रतिनिधिबीच भएको छलफलपछि यस्तो सहमति जुटेको हो।
कलेज व्यवस्थापनले विद्यार्थीका माग सम्बोधन गर्दै शैक्षिक वातावरण सुधार गर्ने प्रतिबद्धता जनाएको छ।
अध्ययन जारी राख्न चाहनेलाई आवश्यक वातावरण मिलाउने र अन्यत्र जान चाहनेलाई नियमानुसार रेजिडेन्टबापतको रकम फिर्ता गर्ने सहमति भएको छ।
























