Skip

Hamro Sanchar

कार्कीको पुनर्बहाली रिटमा बुधबार सुनुवाइ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ मंसिर, १ गते


Advertisement

१ मंसिर, काठमाडौं । तत्कालीन प्रहरी महानिरीक्षक (आईजीपी)दानबहादुर कार्कीले पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिटमा बुधबार पहिलो सुनुवाइ हुने भएको छ।

छठको सार्वजनिक बिदाका कारण सोमबारका लागि तोकिएको पेसी बुधबारलाई सारिएको हो। कार्कीले प्रहरी ऐन र नियमावलीविपरीत आफूलाई पदबाट हटाइएको दाबी गर्दै पुनर्बहाली तथा नयाँ आईजीपीलाई कामकाज गर्न रोक लगाउन अन्तरिम आदेश माग गरेका छन्।

बालेन नेतृत्वको सरकारले डा। मनोज केसीलाई नयाँ आईजीपी नियुक्त गर्दै कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाएको थियो।

 


प्रतिकृया दिनुहोस्