काठमाडौं । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले परराष्ट्रमन्त्री शिशिर खनालसँग भेट गरी आफ्नो कूटनीतिक जिम्मेवारी सुरु गरेका छन्।
आज सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा मन्त्री खनालले दलेलाको नियुक्तिलाई स्वागत गर्दै कार्यकाल सफल रहोस् भन्ने शुभकामना दिए।
दुई पक्षबीचको छलफलमा नेपाल र भारतबीचको विद्यमान सम्बन्धलाई अझ प्रभावकारी बनाउने तथा आपसी सहकार्यका क्षेत्रलाई थप विस्तार गर्ने विषयले प्राथमिकता पाएको थियो।
लामो समयदेखि कायम रहेको दुई देशबीचको मित्रता र साझेदारीलाई आगामी दिनमा अझ मजबुत बनाउने विषयमा समेत दुवैबीच विचार आदानप्रदान भएको छ।

























