Skip
आज : २०८३ कार्तिक ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

ओलीलाई पक्राउ गर्ने सरकारमाथि पोखरेलको प्रश्न :  अहिलेका प्रधानमन्त्रीलाई किन नछुने ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, ३० गते


Advertisement

३० कार्तिक, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धान प्रक्रियामाथि प्रश्न उठाउँदै निष्पक्षता र पारदर्शिताको माग गरेका छन्।

आज पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पोखरेलले इनम पक्राउ परे पनि उनीमाथिको अनुसन्धान स्पष्ट हुन नसकेको टिप्पणी गरे। उनले यस प्रकरणलाई रहस्यमय भन्दै सरकारले अनुसन्धानको वास्तविकता सार्वजनिक गर्न नसकेको आरोप लगाए।

पोखरेलले चुनावअघि प्रधानमन्त्री बालेन्द्र शाहलाई झापाबाट उम्मेदवार बनाउने विषयमा गरिएको सर्वेक्षण इनमकै नेतृत्वमा भएको दाबी गरे।

निर्वाचन अभियानमा सक्रिय रहेका उनी प्रधानमन्त्री बनेपछि पनि बालेनको कोर टिममा रहेको कुरा सार्वजनिक भएको पोखरेलको भनाइ थियो।

उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउलाई पनि राजनीतिक प्रतिशोधसँग जोड्दै सरकारको आलोचना गरे।

पर्याप्त प्रमाणबिना पक्राउ गरिएको आरोप लगाउँदै १३ दिनसम्म हिरासतमा राख्दा पनि अभियोजन गर्न नसक्नुले सरकारको कमजोरी देखाएको उनले टिप्पणी गरे।

महासचिव पोखरेलले तत्कालीन ओली र लेखकलाई लगाइएका आरोपमा वर्तमान प्रधानमन्त्री र गृहमन्त्रीमाथि पनि समान रूपमा अनुसन्धान हुनुपर्ने माग गरे।

सुनसरीमा भएको गोली प्रहारको घटनाको नैतिक तथा राजनीतिक जिम्मेवारीसमेत प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्ने उनको भनाइ छ।

 

 

 


प्रतिकृया दिनुहोस्