काठमाडौं । जलवायु परिवर्तन र हिमाल संरक्षणका मुद्दा अन्तर्राष्ट्रियस्तरमा उठाउन नेपालका पाँच सांसद संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन कोप–३१ मा सहभागी हुने भएका छन्।
प्रतिनिधिसभाको कृषि तथा प्राकृतिक स्रोत समितिका सभापति अशोककुमार चौधरीको नेतृत्वमा पाँच सदस्यीय टोली टर्की प्रस्थान गर्ने तयारीमा छ।
टोलीमा चौधरीसहित आशिष गजुरेल, राम लामा, अर्जुनकुमार कार्की र कमल सुवेदी छन्। सभामुखस्तरीय निर्णयअनुसार उनीहरू सम्मेलनमा सहभागी हुन लागेका हुन्।
टर्कीको अन्ताल्यामा कात्तिक २३ देखि सुरु भएको सम्मेलन मंसिर ४ गतेसम्म चल्नेछ।
सम्मेलनमा नेपालले जलवायु परिवर्तनको असर, हिमनदी संरक्षण र जलवायु न्यायका विषय उठाउने जनाइएको छ।

























