२६ कार्तिक, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति डा. चन्द्रकान्त भण्डारीले चाडपर्वको उल्लासबाट बाहिर निस्किएर गरिब, असहाय, बाढीपीडित, सुकुम्बासी तथा विदेशिएका नेपालीको अवस्थाबारे सोच्न आग्रह गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै उनले धेरै नाचगान र रमाइलो गरिसकेकाले अब अभाव र पीडामा रहेका नागरिकको अवस्था बुझ्नुपर्ने बताएका छन्।
आफूसँग केही पनि नभएको अवस्थाको पीडा महसुस गर्दै अभावमा रहेका नागरिकका आवश्यकता पहिचान गरी ती पूरा गर्न लाग्नुपर्ने उनको भनाइ छ।
उनले आवश्यकता र चाहनाबीचको फरक बुझ्न तथा आफ्नो खुसीसँगै अरूको पीडामा पनि सहभागी हुन आग्रह गरेका छन्।
के गर्ने भन्ने प्रश्नको जवाफ आफ्नै कर्ममा हेको उल्लेख गर्दै उनले सामाजिक जिम्मेवारी पूरा गर्न सबैलाई आह्वान गरेका छन्।

























