Skip
आज : २०८३ कार्तिक २६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

देउसी–भैलोको नाममा अमर्यादित नृत्य, दुई महिला पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, २६ गते


Advertisement

२६ कार्तिक, काठमाडौं । रुपन्देहीमा देउसी–भैलो खेल्ने क्रममा सार्वजनिक स्थलमा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा दुई महिला पक्राउ परेका छन्।

पक्राउ पर्नेमा रुपन्देहीको देवदह नगरपालिका–७ की ३० वर्षीया चाहना थापा र सर्लाहीको हरिवन नगरपालिका–३ की २१ वर्षीया प्राप्ति बस्नेत रहेका छन्।

उनीहरूलाई लुम्बिनी सांस्कृतिक नगरपालिका–१० स्थित महिलावार बजारबाट इलाका प्रहरी कार्यालय लुम्बिनीको टोलीले पक्राउ गरेको हो।

नेपाली मौलिक संस्कृति, सामाजिक शिष्टाचार र नैतिकताविपरीत गतिविधि गरेको आरोपमा उनीहरूमाथि सार्वजनिक हित तथा नैतिकताविरुद्धको कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिकृया दिनुहोस्