२६ कार्तिक, मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानी गढीमा आज बिहान हाइस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
प्रहरीका अनुसार काठमाडौँबाट सर्लाही जाँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको हाइस बिहान ५ः४५ बजे सडकबाट करिब ५०० मिटर तल खसेको हो।
दुर्घटनामा तीन महिला, पाँच पुरुष र दुई बालिकाको मृत्यु भएको छ। घाइतेमध्ये दुई बालक र तीन पुरुष रहेका छन्। गाडीमा चालकसहित १५ जना सवार थिए।

























