२५ कार्तिक, काठमाडौं । बर्दियामा दुई मोटरसाइकल आपसमा ठोक्किएपछि भएको दुर्घटनामा एक युवकको ज्यान गएको छ भने तीन जनाको अवस्था गम्भीर रहेको छ।
दुर्घटनापछि मोटरसाइकलमा आगलागीसमेत भएको थियो।
बाँसगढी नगरपालिका–५ मोतिपुर जंगलस्थित भित्री सडकखण्डमा भे।५ प ९१६१ र भे।११ प ८५६७ नम्बरका मोटरसाइकल ठोक्किँदा गुलरिया नगरपालिका–११ निवासी २४ वर्षीय ओमकार थारु गम्भीर घाइते भएका थिए।
उनलाई उपचारका लागि भारतको लखनउ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा २५ वर्षीय आशिष थारु, १८ वर्षीय सहाबुदिन खान र २०र२२ वर्षीय जमाल खान गम्भीर घाइते भएका छन्।
अर्का १८ वर्षीय रमन थारु सामान्य घाइते भएका थिए। उपचारपछि उनी डिस्चार्ज भइसकेका छन्।
























