Skip
आज : २०८३ कार्तिक २५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

सुदूरपश्चिमको शानदार जित, जनकपुरको प्लेअफ यात्रा संकटमा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, २४ गते


Advertisement

काठमाडौं । जनकपुर बोल्ट्सलाई २७ रनले पराजित गर्दै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग(एनपीएल)को अंकतालिकामा दोस्रो स्थानमा उक्लिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको खेलमा सुदूरपश्चिमले दिएको १२१ रनको लक्ष्य पछ्याएको जनकपुर १९।५ ओभरमा ९३ रनमै समेटियो।

यो जितसँगै ६ खेलबाट चार जित र दुई हार बेहोरेको सुदूरपश्चिमले आठ अंक जोडेको छ। समान अंक भए पनि राम्रो रनरेटका आधारमा काठमाडौं शीर्ष स्थानमा छ।

जितले सुदूरपश्चिमको प्लेअफ सम्भावना बलियो बनाउँदा जनकपुरको प्लेअफ यात्रा भने थप कठिन बनेको छ।


प्रतिकृया दिनुहोस्