Skip
आज : २०८३ कार्तिक २२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

नेपाल यूएईसँग ७ विकेटले पराजित

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, २२ गते


Advertisement

काठमाडौं । ओमानमा जारी एसीसी यू–१९ एसिया पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत युनाइटेड अरब इमिरेट्स(यूएई)सँग नेपालले ७ विकेटको हार व्यहोरेको हो ।यस प्रतियोगितामा नेपालको यो लगातार दोस्रो हार हो ।

पहिलो खेलमा नेपालले भारतसँग १० विकेटको पराजय व्यहोरेको थियो । यूएईले भने प्रतियोगितामा जितको खाता खोलेको छ । आइतबार नेपालले दिएको १५४ रनको सामान्य लक्ष्य यूएईले ३४.४ ओभरमा तीन विकेट गुमाएर भेट्टायो ।

यूएईका निम्ति अयान मिस्बाहले अविजित ७५, आयिन किरण राईले ३२, अहमद खुदादादले २४ र ओमर तौकिरले ११ रन जोडे ।

नेपालका कप्तान विपिन रावल, नितेश पटेल र सुशील रावलले समान एकरएक विकेट लिए ।

त्यसअघि, ओमानको अलमरात क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४१ ओभरमा सबै विकेट गुमाएर १५३ रन बनाएको थियो । नेपालका निम्ति सोहेल कुँवरले ३३, सचिन भट्टले ३२, निरजकुमार यादव र दर्श सोनारले समान १६र१६ रन जोडे ।

यूएईका निम्ति नसीम खानले आठ ओभरमा एक मेडनसहित ४३ रन दिएर सर्वाधिक पाँच विकेट लिए ।

नेपालले अब प्रतियोगिताको तेस्रो खेलमा मंगलबार पाकिस्तानको सामना गर्नेछ


प्रतिकृया दिनुहोस्