२२ कार्तिक, काठमाडौं । चितवनको घोप्टेभीरमा सुख्खा पहिरो खसेपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
पहिरोका कारण सडकको दुवैतर्फ सवारी आवागमन रोकिएको नेपाल प्रहरीले जनाएको छ। पहिरो पन्छाएर यातायात पुनः सञ्चालन गर्ने प्रयास भइरहेको छ।
तिहार मनाउन घर फर्किरहेका यात्रुहरू सडक अवरुद्ध भएपछि बाटोमै रोकिएका छन्।

























