Skip
आज : २०८३ कार्तिक २२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

जापानमा शक्तिशाली भूकम्प, दर्जनौँ घाइते

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, २२ गते


Advertisement

काठमाडौं । मध्य जापानमा आइतबार बिहान ५.७ म्याग्निच्युडको भूकम्प जाँदा दर्जनौँ मानिस घाइते भएका छन्।

जापानको शिजुओका प्रान्तको पश्चिमी क्षेत्रमा केन्द्रविन्दु बनाएर गएको भूकम्प करिब ४० किलोमिटर गहिराइमा मापन गरिएको थियो। भूकम्पको धक्का आइची, नागानो र गिफु प्रान्तसम्म महसुस गरिएको जापानी सञ्चारमाध्यमले जनाएका छन्।

भूकम्पपछि सम्भावित क्षतिको मूल्याङ्कन, उद्धार तथा राहत कार्यलाई समन्वय गर्न सरकारले आपत्कालीन सम्पर्क कार्यालय स्थापना गरेको छ।

मुख्य धक्कापछि केही परकम्पसमेत गएको बताइएको छ।
जापान मौसम विज्ञान एजेन्सीका अनुसार भूकम्पबाट सुनामीको खतरा भने छैन।


प्रतिकृया दिनुहोस्