Skip
आज : २०८३ कार्तिक २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गगनमाथि देउवाको प्रहार : पैसाले कांग्रेस किन्नेले पार्टी जोगाउन सक्दैन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, २१ गते


Advertisement

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकता विवादमा आर्थिक चलखेल भएको आरोप लगाएका छन्।

शनिबार काठमाडौंमा आयोजित जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले निर्वाचन आयोगको निर्णय प्रक्रियामाथि प्रश्न उठाए।

एक व्यक्तिले १८ करोड रुपैयाँ दिएको भन्ने अभिव्यक्ति सार्वजनिक भएको उल्लेख गर्दै देउवाले पैसाको बलमा पार्टीको आधिकारिकता प्रभावित पार्न खोजिएको दाबी गरे।

सभापति गगनकुमार थापाप्रति लक्षित गर्दै उनले पैसाको प्रभावमा पार्टी चल्न नसक्ने बताए। कांग्रेस विधि, विधान र कार्यकर्ताको विश्वासका आधारमा अघि बढ्नुपर्ने उनको भनाइ थियो।

देउवाले आधिकारिकता विवादमा अदालतबाट न्याय पाउने र रुख चुनाव चिह्न कायम रहने विश्वाससमेत व्यक्त गरे।


प्रतिकृया दिनुहोस्