Skip
आज : २०८३ कार्तिक २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

काठमाडौंमा देउसी–भैलो खेल्न प्रशासनको कडा निर्देशन : जबरजस्ती चन्दा माग्न र पटका पड्काउन रोक

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, २० गते


Advertisement

काठमाडौं । तिहारमा देउसी–भैलो कार्यक्रमलाई मर्यादित, व्यवस्थित र सुरक्षित बनाउन जिल्ला प्रशासन कार्यालय काठमाडौंले १० बुँदे निर्देशन जारी गरेको छ।

प्रशासनले देउसी–भैलो खेल्दा मादक पदार्थ सेवन, जुवातास तथा होहल्ला गर्न रोक लगाएको छ। त्यस्तै, अत्यधिक ठूलो आवाजमा माइक, लाउडस्पिकर र बाजागाजा प्रयोग नगर्न आग्रह गरेको छ

कार्यालय कसैको घर, निजी आवास, कार्यालय वा व्यापारिक प्रतिष्ठानमा देउसी–भैलो खेल्नुअघि अनुमति लिनुपर्ने जनाएको छ। अनुमति नलिई जबरजस्ती कार्यक्रम सञ्चालन गर्ने तथा चन्दा वा दक्षिणाका नाममा रकम माग्ने, दबाब दिने कार्य नगर्न पनि निर्देशन दिएको छ।

त्यस्तै, पटका, आतसबाजी, भुइँचम्पा, रकेट तथा विस्फोटक र आगलागीको जोखिम हुने सामग्री प्रयोग, बिक्री र भण्डारण गर्न निषेध गरिएको छ।

देउसी–भैलोका क्रममा सडक, चोक तथा गल्लीमा सवारी आवागमन र पैदलयात्रुलाई अवरोध नहुने गरी कार्यक्रम सञ्चालन गर्नुपर्नेछ। बालबालिकालाई अभिभावकको निगरानीमा राख्न र जोखिमपूर्ण गतिविधिमा संलग्न नगराउन पनि प्रशासनले आग्रह गरेको छ।

सार्वजनिक तथा निजी सम्पत्तिमा क्षति पुर्‍याउने, फोहोर फैलाउने र अरूको अधिकार तथा स्वतन्त्रतामा असर पर्ने गतिविधि नगर्न भन्दै प्रशासनले प्रचलित कानुन र ध्वनि प्रदूषणसम्बन्धी मापदण्ड पालना गर्न सबैमा अनुरोध गरेको छ।

 


प्रतिकृया दिनुहोस्