सुर्खेत । डोल्पाको दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर ८ जना कैदी भागेका छन्।
गएराति ४.६३ मिटर लामो सुरुङ खनेर पर्खाल भत्काउँदै उनीहरू भागेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
फरार हुनेमा जबर्जस्ती करणी मुद्दामा कैद भोगिरहेका ५ र चोरी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका ३ जना छन्।
प्रहरीले फरार कैदीहरूको खोजी सुरु गरेको जनाएको छ।

























