Skip
आज : २०८३ कार्तिक १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

डीडीसीमा १२ करोडभन्दा बढीको अनियमितता आरोप, पूर्वमहाप्रबन्धकसहित ८ जना पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, १४ गते


Advertisement

काठमाडौं । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान(डीडीसी) लाई १२ करोड रुपैयाँभन्दा बढी आर्थिक हानि पुर्‍याई गैरकानुनी लाभ लिएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले आपराधिक विश्वासघात तथा संगठित अपराधमा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरेको हो।

प्रारम्भिक अनुसन्धानअनुसार संस्थानलाई १२ करोड १३ लाख ४३ हजार ५३० रुपैयाँ बराबरको आर्थिक हानि पुर्‍याई गैरकानुनी लाभ लिएको खुलेको छ।

पक्राउ पर्नेमा डीडीसीका तत्कालीन महाप्रबन्धक सञ्जीव झा रहेका छन्।

उनी हाल संस्थानको प्रशासन तथा व्यवस्थापन विभाग प्रमुखका रूपमा कार्यरत थिए।

त्यस्तै, तत्कालीन चिस्यान केन्द्रका इन्चार्जहरू विजयकुमार यादव, मनहरी शर्मा र रामकेवल राय तथा कर्मचारीहरू जितेन्द्रकुमार यादव, नवीन राय यादव, शिवनन्दन राय र विखबहादुर भण्डारी पनि पक्राउ परेका छन्।

सीआईबीका अनुसार संस्थानका उच्च तहका अधिकारी, चिस्यान केन्द्रका प्रमुख तथा कर्मचारीहरूले पूर्वयोजना र आपसी मिलेमतोमा विभिन्न समूह खडा गरी संगठित सञ्जालका रूपमा काम गरेको आरोप छ।

उनीहरूले संस्थानलाई प्रत्यक्ष आर्थिक हानि पुर्‍याएर गैरकानुनी लाभ लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

उनीहरूलाई मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत आपराधिक विश्वासघात गर्न नहुने कसुर तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गतको कसुरमा अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएर पक्राउ गरिएको सीआईबीले जनाएको छ।

पक्राउ परेका आठै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिकृया दिनुहोस्