Skip
आज : २०८३ कार्तिक १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

जिप १५० मिटर तल खोलामा खस्यो : ३ जनाको मृत्यु, ७ घाइते

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, १४ गते


Advertisement

जिप १५० मिटर तल खोलामा खस्यो, तीनको मृत्यु, ७ जना घाइते

१३ कार्तिक, सल्यान । सल्यानमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । भने ७ जना घाइते भएका छन्।

शुक्रबार साँझ सिद्ध कुमाख गाउँपालिका–२ रातामाटेस्थित भित्री कच्ची सडकखण्डमा श्रीनगरबाट टाकुरातर्फ जाँदै गरेको लु.१ ज २३६८ नम्बरको जिप सडकबाट करिब १५० मिटर तल खोलामा खसेको हो।

दुर्घटनामा घाइते भएका १० जनालाई उद्धार गरी उपचारका लागि विभिन्न अस्पतालमा पठाइएको थियो।

उपचारका क्रममा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।मृत्यु हुनेमा सिद्ध कुमाख गाउँपालिका–२ की ४२ वर्षीया कृष्णी बस्नेत, ४५ वर्षीया सीता विक र ४३ वर्षीय साउने रोका रहेका छन्।

घाइतेमध्ये केहीलाई थप उपचारका लागि दाङ र नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि जिप चालक सिद्ध कुमाख गाउँपालिका–२ का ३८ वर्षीय तिलक चलाउनेलाई नियन्त्रणमा लिएर प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।


प्रतिकृया दिनुहोस्